‘पशुपति प्रसाद २ भष्मे डन’ को सुरुवाती व्यवसाय राम्रो
काठमाडौँ । शनिबारबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फूलपातीको अवसर पारेर तीन सय बढी पर्दामा रिलिज भएको फिल्मले शनिबार अधिकांश हलमा राम्रो दर्शक पाएको निर्माण पक्षको दाबी छ ।
फिल्मको अधिकांश हलमा बिहानी र साँझको शो हाउसफुल भएको थियो । दशैको ६ दिन बिदालाई मध्यनजर गरेर रिलिज भएको फिल्मको दर्शक प्रतिक्रिया बुझ्न शनिबार कलाकार विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल राजधानीका विभिन्न हलमा पुगेका थिए । सबै हलमा राम्रो दर्शक पाएको र प्रतिक्रिया पनि राम्रो पाएको निर्देशक दीपेन्द्र के खनालले बताए ।
‘फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । मनमा फिल्म प्रति जुन डर थियो । त्यो अहिले हट्यो’, निर्माता खगेन्द्र लामिछानेले भने । दर्शकले फिल्मको सस्पेन्स पाटोलाई निकै मन पराएको आफूले अनुभव गरेको उनले सुनाए ।
अभिनेत्री स्वस्तिमा खड्काले आफूले अहिलेसम्म फिल्म हेर्न नपाएको र दर्शकबाट पाएको प्रतिक्रियाले हेर्न आतुर भएको बताइन् । अभिनेता विपिन कार्कीले ‘भष्मे डन’ भूमिकामा दर्शके आफूलाई दुई पटक माया दिएको सुनाए । फिल्मका वितरक करण श्रेष्ठले शनिबार काठमाडौँ उपत्यकामा मात्रै नभई देशैभरि फिल्मले राम्रो व्यवसाय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत