इजरायलले गाजामा इन्धन आउन रोक्दा अस्पताल बन्द हुने जोखिम बढ्यो
आइतबार, ०५ कात्तिक २०८०, १६ : ४१
गाजा । प्यालेस्टिनी रेड क्रिसेन्टले अस्पतालहरू सञ्चालन जारी राख्ने हो भने गाजामा मानवीय सहायतामा इन्धन समावेश गरिनुपर्ने बताएको छ। बीबीसी रेडियो ५ लाइभ कार्यक्रममा बोल्दै, रेड क्रिसेन्टका नाबेल फसाखले भने, ‘यस मानवीय सहायतामा इन्धन समावेश छैन जुन अस्पतालहरू सञ्चालन जारी राख्नको लागि महत्त्वपूर्ण छ।’
गाजाको अवस्थालाई ‘हृदयविदारक’ भनेर वर्णन गर्दै उनी भन्छन्, "यदि हामीसँग इन्धन सकियो भने अस्पतालहरू बन्द हुनेछन्।" इजिप्टसँगको गाजाको सिमानामा रहेको रफाह सीमा नाका शनिबार खोलिएको छ।
इजरायलले राहत सामग्रीले भरिएका २० ट्रकलाई गाजा प्रवेश गर्न अनुमति दिएको छ । जसमा औषधि, खाना, पानी र कफिनहरू थिए तर इजरायलले इन्धनलाई सीमा पार गर्न अनुमति दिन अस्वीकार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीपाइलेका कारणले ४७ हजार जना बढीमा हाइड्रोसिल
-
राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस
-
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न
-
नागरिक उन्मुक्तिको प्रश्न : बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ?
-
टाइगर कप भलिबल: गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश
-
चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग