किनकि यो देशमा

पढ्दा पढ्दै निदाउन मन लाग्छ
नपढेको बुझिन्छ न पढाएको बुझिन्छ
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
शिक्षकलाई पनि राजनीति लागेको छ
विद्यार्थीलाई पनि राजनीति लागेको छ
उपचार गर्न विदेशतिर लागेका छन्
यति धेरै अस्पताल के का लागि
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
डाक्टरलाई पनि राजनीति लागेको छ
रोगीलाई पनि राजनीति लागेको छ
कलकारखाना चलेको इतिहास छ
कलकारखाना खुलेको कतै सुनिन्दैन
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
उद्ध्योगपतिलाई पनि राजनीति लागेको छ
मजदूरलाई पनि राजनीति लागेको छ
राजनीतिबाट फ्याकिएका विदेशीएका छन्
राजनितिबाट हेलागरिएका शोषिएका छन्
किनकि यो देशमा
सरकार सिंहदरबारमा रमाएको छ
सिंहदरबार बाहिर
गरिबको रोजगारीमा पनि राजनीति लागेको छ
दुस्खीको न्यायमा पनि राजनीति लागेको छ