बागमती नदीमा नुहाउने क्रममा बालकको मृत्यु
आइतबार, ०५ कात्तिक २०८०, १६ : २०

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन