पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला

पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा दसैँ मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुकमा स्थानीय क्युप्चे बराह युवा क्लबले लान्द्रुक दसैँ मेला गर्न लागेको हो ।
कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गरी गाउँको विकासका लागि मेला आयोजना गरिएको हो ।
मेलामा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता हुनेछ । यस्तै, सांस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैँटो फुटाई, म्युजिकल चियर, बेलुन फुटाई प्रतियोगिता पनि हुने बताइएको छ । पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिलातर्फ पहिलो हुनेले २० हजार र दोस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् ।
प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितीय हुनेले २ वटा भाले पाउने प्रतियोगिता संयोजक विनायक गुरुङले जानकारी दिए । रस्साकस्सी प्रतियोगिताको विजेताले ८ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछ ।
क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेको थियो । यो वर्ष पनि हनी हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै