गुगल पिक्सेलको फेस–अल्टरिङ फोटो टूलले सुरु भयो एआई म्यानुपुलेशनसम्बन्धी बहस

काठमाडौं । पहिला पहिला क्यामराले कहिल्यै झुट बोल्दैन भनिन्थ्यो । तर हरेक दिन प्रविधिको जगत् परिष्कृत बन्दै जाँदा क्यामराले पनि झुट बोल्न थालेको छ ।
फोटोमा कलर बढाउनेदेखि फोटोमा उज्यालोको स्तर हेरफेर गर्नेसम्म स्मार्टफोनको युगमा फोटोको स्तर सुधार्न क्यामरा आफैँले डिजिटल एडिट गर्न थालेको छ । कृत्रिम बौद्धिकता (एआई)बाट चल्ने स्मार्टफोन टूलको बिगबिगी बढेको छ । यसले तस्बिरको वास्तविकता के हो त भन्नेबारे बहस भड्काएको छ ।
गएको हप्ता गुगलले नयाँ स्मर्टफोन सार्वजनिक गर्यो, पिक्सेल ८ र पिक्सेल ८ प्रो । यो उपकरण अन्य कम्पनीको भन्दा एक कदम अगाडि छ: एआईको सहाराले क्यामराले तस्बिरमा मानिसको एक्प्रेसन आफैँ हेरफेर गरिदिन्छ । यसले फोटोमा मन नपरेका चिजहरू मेट्न पनि दिन्छ । पिक्सेल ८ प्रोको सहाराले गुगल फोटो लाइब्रेरीमा भएका फोटोलाई पनि म्याजिक एडिटरले एडिट गर्न सकिन्छ ।
अहिले नै एकाथरी मानिसहरूले अनलाइनमा भएका कन्टेन्टमाथि विश्वास गर्ने कि नगर्ने भन्ने प्रश्न उठाइरहेका छन् । गुगल पिक्सेलले एआई म्यानुपुलेशनको खतरा झनै भयानक बनाएको छ ।
कुनै फोटो खिच्ने बित्तिकै त्यसमा आफूलाई मन नपरेका कुरा तत्कालै हटाउन सकियो । यसले हामीलाई नक्कली संसारतर्फ डोराइरहेको पेशागत फोटोग्राफर एवम् साउथ वेल्स विश्वविद्यालयमा पत्रकारिताका वरिष्ठ प्राध्यापक एन्ड्रिउ पियर्सल भन्छन् ।
गुगलले अहिले क्यामराको स्तर र सफ्टवेयरकै सहारामा सामसङ, एप्पललगायत स्मार्टफोन निर्माता कम्पनीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । एआई उसको लागि आफ्नो सामान बिकाउने सबैभन्दा राम्रो उपाय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए