राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोलामा
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज अफ्रिकी मुलुक अंगोला प्रस्थान गरेका छन् । ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना अंगोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औँ महासभामा भाग लिन लागेका हुन् ।
अध्यक्ष तिमिल्सिनाको टोली आइतबार १ः५५ बजे अंगोलातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 'शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता' भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३-२७) सम्म (आईपीयू) को १४७ औँ महासभा हुँदैछ ।
महासभामा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौँदी र जीतेन्द्रनारायण देव छन् भने प्रतिनिधिसभाबाट रुपासोसी चौधरी र सन्तोष परियार रहेका छन् ।
त्यस्तै, संघीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ दुर्गाप्रसाद शर्मा नेपाली प्रतिनिधिमण्डलमा छन् ।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डी होस र आयरल्यान्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहेका संघीय संसद्का महासचिव गौतमले सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति