हमासद्वारा गाजामा २० बालबालिकासहित २१० जना बन्धक : इजरायली सेना

जेरुसेलम । इजरायली सेनाका प्रवक्ताले दुई साताअघि हमास लडाकुहरूले अपहरण गरेका र हाल गाजामा बन्दी बनाएका बन्धकहरूको सङ्ख्याबारे जानकारी साझा गरेका छन्। प्रवक्ताका अनुसार गाजामा २१० जना बन्धक छन् र उनीहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ ।
यी बन्धकहरूलाई अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गर्दा अपहरण गरी गाजा लगिएको थियो। हमासले गाजामा बन्धकहरूलाई सुरक्षित स्थानमा राखेको र उनीहरूलाई सम्मानजनक र मानवीय व्यवहार भइरहेको बताएको छ। इजरायली सेनाले बन्धकहरूमा १० देखि २० वर्ष उमेरका २० बालबालिका र किशोरहरू रहेको र १० जना ६० वर्ष वा सोभन्दा माथिका व्यक्ति रहेको बताएको छ।
उल्लेखनीय छ कि गत राति मात्र हमासले दुई अमेरिकी बन्धकहरूलाई बिना शर्त रिहा गरेको छ। यी अमेरिकी आमा र छोरीको नाम जुडिथ र नताली हो। कतारको मध्यस्थताका कारण यो रिहाइ सम्भव भएको र अन्य बन्धकहरूलाई रिहा गर्न वार्ता भइरहेको केही स्रोतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी