पूर्वकप्तानको टोलीसँग बराबरीमा रोकियो रियल
आइतबार, ०५ कात्तिक २०८०, ०७ : ११

सेभिया । रियल मड्रिड पूर्व कप्तान सर्जियो रामोशको टोली सेभियासँग बराबरीमा रोकिएको छ । रियलका लागि १६ सिजनमा ६७१ खेल खेलेका रामोश यतिबेला आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् ।
पेरिस सेन्ट जर्मेनमा दुई सिजन बिताएर ३७ वर्षीय रामोश यो सिजन सेभिया पुगेका हुन् । उनको टोलीले पूर्व क्लबविरुद्ध खेलको ७४ औँ मिनेटमा अग्रता लिएको थियो । डेभिड अलाबाले रियलका लागि आत्मघाती गोल गरेका थिए ।
तर, चार मिनेटपछि नै ड्यानी कार्भाहालले रियलका लागि बराबरी गोल फर्काए । यसअघि कार्भाहालले इभान र्याकिटिचको प्रहार गोल लाइनमा जोगाएका थिए ।
बराबरीका बावजुद रियल लिगको शीर्ष स्थानमा कायम छ । ९ खेलपछि रियलको २४ अंक छ भने दोस्रो स्थानमा रहेको जिरोनाको २२ अंक रहेको छ । २१ अंकसहित बार्सिलोना लिगको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
एनी कुँवरको बयान - मास्क लगाउनेलाई चिन्दिनँ, मान्छे बचाउन भिडियो बनाएँ
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु