पीएसजीको जीतमा एम्बाप्पे नायक
आइतबार, ०५ कात्तिक २०८०, ०६ : ५१

पेरिस । पेरिस सेन्ट जर्मेनले लिग वानमा स्ट्राट्सबर्गलाई ३–० को गोलको अन्तरले सजिलै हराएको छ ।
किलियान एम्बाप्पेले खेलको १० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो सिजन लिगमा उनको सातौँ गोल पनि हो । उनी यो सिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्यसपछि स्ट्राट्सबर्गका लागि लेबो मोथिबाले गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । ३१ औँ मिनेटमा एम्बाप्पेले कार्लोस सोलेरका लागि गोलको अवसर सिर्जना गरे । ७७ औँ मिनेटमा फाबियान रुइजले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि ९ खेलबाट पीएसजीको १८ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको निसभन्दा एक अङ्कले पछि परेको छ । शनिबार नै भएको अन्य खेलमा निसले मार्सेलाई १–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने