युनाइटेडका लिजेण्ड सर बबी चार्लटनको निधन
शनिबार, ०४ कात्तिक २०८०, २२ : ०३
लण्डन । इंग्ल्यान्डलाई सन् १९६६ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने म्यानचेस्टर युनाइटेडका लिजेण्ड सर बबी चार्लटनको ८६ वर्षको उमेरमा निधन भएको छ ।
चार्लटनले इङ्ल्यान्डका लागि १०६ खेल खेलेका थिए भने ४९ अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यो समय आफ्नो देशको लागि यो कीर्तिमान थियो । युनाइटेडसँगको १७ वर्षको करियरमा उनले तीनवटा लिग उपाधि, एउटा युरोपियन कप र एउटा एफए कप जितेका थिए।
चार्लटनको परिवारले शनिबार बिहान उनको निधन भएको जनाएको छ । यसअघि नोभेम्बर २०२० मा चार्लटनलाई डिमेन्सिया भएको पत्ता लागेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो