अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिव पोखरेलको जोड

देउखुरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् । जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताएका हुन् ।
दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । सहर र गाउँलाई दसैँले जोडेको उनले उल्लेख गरे ।
एक पृथक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्याउने सबल राजनीति दल खोजेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु