कास्कीकोट दरबारमा भित्र्याइयो फूलपाती

पोखरा । शहवंशीय शासनको पहिलो दरबार कास्कीकोटमा फूलपाती भित्र्याइएको छ । विश्व शान्तिको कामना गर्दै दरबारमा नवदुर्गा महोत्सव चलिरहेको छ । शनिबार विधिवत् रूपमा पूजाआजासहित फूलपत्रको डोली प्रवेश गराइएको हो ।
कास्कीकोटमा पोखरा रामघाटबाट फूलपत्र लैजाने प्रचलन छ । फूलपत्र भित्र्याएसँगै यहाँका कुँवर जातिले सैन्य अभ्यास गर्ने सरुन खेल देखाएका थिए । गुप्तकालिका काश्यप धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष पुरानो रीतिलाई जोगाइराख्न प्राचीन शैलीबाटै दसैँ मनाउने गर्छ ।
पहिले देश र जनताको तथा राजाको भलो सोचेर गरिने तान्त्रिक तथा वैदिक पूजा यो वर्ष विश्वमा भइरहेको युद्ध तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामना गरिएको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताए ।
गुप्तकालिका मन्दिरमा परापूर्वकाल देखि पर्व विशेषमा विभिन्न पूजा गर्ने चलन रहेको सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । यस वर्ष १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तिको कामना गर्दै विशेष पूजा सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा