क्लासेनको विस्फोटक ब्याटिङको मद्दतले दक्षिण अफ्रिकाद्वारा विशाल लक्ष्य प्रस्तुत

वांखडे । हेनरिच क्लासेनले विस्फोटक व्याटिङको नमुना प्रस्तुत गर्दा दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा इंग्ल्याण्डसामु जीतका लागि ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।
अन्तिम ओभरमा गस एट्किन्सनको बलमा बोल्ड हुन अघि क्लासेनले मात्र ६७ बलमा १ सय ९ रनको शानदार पाली खेले । उनले यसक्रममा १२ चौका र ४ छक्का हिर्काए । दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर क्वीनटन डी कक पहिलो ओभरमा नै आउट भएका थिए ।
तर त्यसपछि रेजा हेनड्रिक्स र रासी भान डेर डुसेनले शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । हेनड्रिक्सले ७५ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८५ रन बनाए भने डुसेनले ६१ बलमा ६० रनको योगदान दिए ।
त्यस्तै, कप्तान एइडन मारक्रमले ४२ रन बनाउँदा मार्को यानसेनले ७५ रनको महत्त्वपूर्ण पारी खेले । इंग्ल्याण्डका लागि रिस टोप्लेले ३ तथा गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?