राहत सामग्रीको पहिलो खेप गाजा पुग्दा खुसीयाली

गाजा । गाजा र इजिप्टलाई जोड्ने रफाह सीमा नाका आज सहायता सामग्री ढुवानीका लागि खोलिएको छ। राफा क्रसिङमा इजिप्टबाट राहत सामग्रीले भरिएको ट्रक गाजा प्रवेश गर्नेबित्तिकै त्यहाँ उभिएका स्वयंसेवकहरूले ताली बजाए र खुसी व्यक्त गरे।
हाल मात्र २० ट्रकलाई गाजा प्रवेश गर्न अनुमति दिइएको छ, जबकि विश्व खाद्य कार्यक्रम र अन्य मानवअधिकार संगठनहरूले गाजाको अवस्थासँग जुध्न दैनिक कम्तीमा १०० ट्रक राहत सामग्री आवश्यक पर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूमा औषधिको आपूर्ति सुनिश्चित गर्न इजिप्ट र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीसँग वार्ता गरिरहेको बताएको छ। थोरै ट्रकलाई मात्रै जाने अनुमति दिइएको र बाँकी ट्रक इजिप्टतर्फ अनुमतिको पर्खाइमा रहेको संस्थाले जनाएको छ ।
यी ट्रकमा १२ सय मानिसका लागि औषधि र अन्य आवश्यक सामग्री रहेको डब्लुएचओले जनाएको छ । तीमध्ये २ सय ३५ घाइतेका लागि पोर्टेबल ट्रमा ब्याग छन्। १५ सय जनालाई दीर्घरोगको औषधि र तीन लाख मानिसलाई तीन महिनाका लागि आधारभूत अत्यावश्यक औषधि उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक