त्रिकोणात्मक टी—२० क्रिकेट
कुशल मल्लले पुरा गरे अर्धसतक
शनिबार, ०४ कात्तिक २०८०, १२ : २४

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको शनिबार खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धसतक पुरा गरेका छन् । पाँचौँ नम्बरका क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा पाँच छक्का र दुई चौकाको मद्दतले ५४ रन बनाएका हुन् । उनले छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन् ।
नेपालले १७ ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउँदै कुशललाई साथ दिइरहेका छन् ।
जारी शृङ्खलामा नेपालले यो तेस्रो खेल खेलिरहेको हो । यसअघि खेलिएको दुवै खेलमा नेपाल विजयी भएको थियो । जारी शृङ्खलामा तेस्रो राष्ट्रका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण