राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका ग्रहण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले भाउजूको हातबाट टिका जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ । यसैबिच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ । उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुने छ ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधारणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहज रुपमा प्रवेशको व्यवस्था गरिएको बताउनुभयो । टिका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी