कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।
अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताए । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ ।
इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।
सङ्घीय सरकारको रु १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उनले बताए । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
स्वास्थ्यचौकीको रूपमा रहँदा नै बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा