जनकपुरधाममा दसैँको विशेष रौनक, बेहुलीझैँ सिँगारिए शक्तिपिठहरु

जनकपुरधाम । जनकपुरधाममा दसैँको विशेष रौनक छाएको छ । दसैँ सुरु भए लगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । शक्तिपीठहरुमा फूलैफूलको स्वागत द्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरूले सौन्दर्यलाई झनै भव्य बनाएको छ ।
यहाँका प्रमुख शक्तिपीठ र मन्दिरहरूलाई बेहुलीझैँ सिँगारिएपछि चहलपहल ह्वातै बढेको छ । राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाइ, अमरखाना माइ, सोनासति मन्दिरलगायत अन्य शक्तिपीठहरु पनि झकिझकाउ बनाइएका छन् ।
साँझ पर्ने बित्तिकै दसैँको पहिलो दिनदेखि नै सबै मन्दिरहरूमा पूजापाठ गर्ने दीप प्रज्वलन गर्ने महिलाहरूको भीड लागेको छ । युवा क्लबहरूले लाखौँ खर्चिएर मन्दिरलाई झकिझकाउ पारेकाले पूजापाठ गर्नेभन्दा घुम्न आउनेहरूको सङ्ख्या अधिक देखिन्छ ।
जनकपुरधामसहित गाउँ गाउँमा विभिन्न ठाउँमा माटोको प्रतिमासहितको मूर्ति बनाएर पूजा गरिन्छ । मूर्ति राख्न ठाउँ ठाउँमा विशाल पण्डाल बनाइएको छ र जताततै रङ्गीचङ्गी सडक बत्ती जडान गरिएको छ, जुन आकर्षक र मनमोहक दृश्य सर्वसाधारणलाई आकर्षित गरेको छ ।
जनकपुरधामस्थित रहेको राजदेवी मन्दिरमा दसैँमा विशेष मेला लाग्छ । यहाँ मधेसमै सबभन्दा बढी बोकाको बलि पनि चढ्ने गरेको छ । दसैँ मेला भर्न यहाँ गाउँ गाउँबाट मानिसहरू उर्लिने गर्छन् ।
श्रद्धालु भक्तजनको सुरक्षाका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको र भीडलाई ध्यानमा राखेर आवश्यकताअनुसार प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाएको छ ।
झिझियामय बन्यो जनकपुरधाम
जनकपुरधामस्थित रेल्वे स्टेशन प्राङ्गण झिझियामय बनेको छ । नव मिथिला फाउन्डेसनले आयोजना गरेको जनकपुर झिझिया फेस्टिभलले जनकपुरधामलाई झिझियामय बनाएको हो ।
लोक नृत्यसहितको प्रस्तुतिले दर्शकहरूलाई प्रफुल्लित बनायो । लोप हुँदै गएको यो लोक नृत्य हेर्न ठुलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको छ । मिथिला संस्कृतिलाई झल्काउने रंगीबिरंगी पोसाक लगाएर जनकपुरधामसहितका टोलीहरूले झिझिया नृत्य प्रदर्शन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश