युद्धग्रस्त इजरायल पुग्दा जे देखियो, तस्बिरहरू
नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । गत असोज २१ गते चरमपन्थी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरूसहित ३७०० मानिसको मृत्यु भइसकेको छ । हमासले गरेको उक्त आक्रमणमा परी इजरायलमा १२०० भन्दा बढीले ज्यान गुमाएका छन् भने इजरायलले गरेको जवाफी हमलामा गाजा सहरमा पनि २५०० भन्दा बढी मानिस मारिएका छन् ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको पनि नृशंस हत्या गरिएको छ । हजारौँ घाइते भएका छन् । इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।
इजरायल र गाजाबिचको तनाव यतिकै भएको होइन। यसको सम्बन्ध निकै पुरानो छ । यस किसिमका हमला विगतमा पनि पटक–पटक हुँदै आएका छन्। यी दुई बिच मुख्यगरी जेरुसेलम, सिमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ। इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइन पूर्ण सदस्ययता भने पाएको छैन ।
प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन संघर्षरत छ। संयुक्त राष्ट्रसंघ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भएतापनि अहिलेको इजरायली सत्ताले यो स्विकार्न चाहँदैन। उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ।
सो युद्धका कारण गाजा क्षेत्रका विभिन्न सहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठुलो सङ्कट देखिएको र लाखौँ मानिस गाजाबाट विस्थापित समेत भएका छन् । इजरायलको किबूत क्षेत्रको सडकमा कारहरू जलेर खरानी भएको, घरहरूमा रकेट प्रहारबाट क्षति पुगेको समेत देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा