बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

एसियाली पारा खेलकुद : प्रकाशको विजयी सुरुआत

शुक्रबार, ०३ कात्तिक २०८०, १९ : ५९
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । नेपालका प्रकाश अधिकारीले चौथो एसियाली पारा खेलकुदको ब्याडमिन्टनमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।

चीनको हाङझावस्थित बीजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डी’ मा प्रकाशले इराकका अली अल्सादीलाई २–१ ले पराजित गरे । प्रकाश २१–१९, १९–२१ र २१–१९ ले विजयी भए ।

ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जि’ मा इन्डोनेसियाका द्वि कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।

एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ । पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप