पाँच दिनमा १० हजार बढीले छाडे वीरेन्द्रनगर

सुर्खेत । दसैँ मनाउनका लागि पाँच दिनमा १० हजार भन्दा बढीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका छन् । घटस्थापनादेखि बिहीबारसम्म प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जानेको सङ्ख्या १० हजार ७३० रहेको प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
यो सङ्ख्या सार्वजनिक यातायातको प्रयोग गरेर जानेहरूको सङ्ख्या मात्र हो । मोटरसाइकल, सरकारी गाडी र निजी गाडी प्रयोग गरेर जानेहरूको रेकर्ड प्रहरीसँग छैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख राम प्रकाश साहले शुक्रबारदेखि भने राजधानी वीरेन्द्रनगर छाड्नेहरूको सङ्ख्यामा कमी आएको बताए । ‘हिजो–अस्तिसम्म निकै प्रेसर नै थियो, आजदेखि निकै कम भइरहेको छ,’ उनले भने,‘ दसैँ मनाउन जानेहरू अधिकांश गाउँ फर्किसकेको देखिन्छ ।’
मान्छेहरू गाउँ जान थालेपछि राजधानी वीरेन्द्रनगर भने सुनसान बन्ने थालेको छ । यद्यपि अझै पनि हजारौँ सङ्ख्याले वीरेन्द्रनगर छाड्ने अनुमान प्रहरीको छ । विगतका बर्सहरूजस्तो यो पटक मान्छेहरू गाउँ फर्किएको भने देखिँदैन । उनका अनुसार अन्तबाट सुर्खेत भित्रिनेको सङ्ख्या भने १२ हजार बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई