असन-इन्द्रचोकमा दुई जना भरिया मजदुरको मृत्यु
शुक्रबार, ०३ कात्तिक २०८०, १३ : ०३
काठमाडौँ । असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी छन् । अन्दाजी ३५ वर्ष जतिका अर्का मृतकको भने पहिचान खुलेको छैन । ती भरिया मजदुर सार्वजनिक स्थानमै बस्ने गरेका थिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन