कोहलीको कीर्तिमानमा भारतको लगातार चौथो जीत

पुणे । भारतले विश्वकप २०२३ मा लगातार चौथो जीत हात पारेको छ । भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । टोलीका तर्फबाट विराट कोहलीले सर्वाधिक १ सय ३ रन बनाउँदै आफ्नो ४८ औँ शतक पूरा गरे । उनले सबैभन्दा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पनि पूरा गरेका छन् ।
उनले ५६७ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । कोहलीअघि सचिन तेन्दुलकरले ६०० इनिङ्समा यति धेरै रन बनाएका थिए । पुणेको एमसीए मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो ।
२५७ रनको लक्ष्य भारतीय ब्याट्सम्यानले ४१।३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । कोहलीका अलावा शुभमन गिलले ५३ रन सहित १० औँ अर्धशतक बनाए भने कप्तान रोहित शर्माले ४८ रनको योगदान दिए । बंगलादेशलाई ७ विकेटले हराए पनि भारत अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
उता बंगलादेश सातौँ नम्बरमा छ । भारतीय टोलीको ४ खेलपछि ८ अंक छ भने बंगलादेशले २ अङ्क मात्र जोड्न सकेको छ । नेट रन रेट भारतभन्दा राम्रो भएकाले न्युजिल्यान्ड समान ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यसअघि बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । ओपनर तान्जिद हसन तमिम र लिटन दासबीच ९३ रनको साझेदारी गरे ।
तान्जिदले विश्वकपमा आफ्नो पहिलो अर्धशतक बनाएका थिए । उनी ५१ रन बनाएर आउट भए । लिटन दासले आफ्नो १२ औँ ओडीआई अर्धशतक प्रहार गरे, उनी ६६ रन बनाएर आउट भए। शान्तो (८ रन), मिराज (३ रन) र तौहीद हृदयोय (१६) सुरुमै आउट भए । मुस्फिकुर रहिम (३८ रन) र महमुदुल्लाह (४६ रन) बीच ४२ रनको साझेदारी गरे। त्यसपछि महमुदुल्लाहले नसुम अहमदसँग ३२ रनको साझेदारी गरे।
खेलका क्रममा हार्दिक पाण्ड्या घाइते भएका थिए । उनको स्थानमा विराट कोहली बलिङ गर्न आएका थिए । उनले ३ बलमा २ रन दिए । कोहलीले ६ वर्षपछि ओडीआईमा बलिङ गरेका हुन् । उनले अन्तिम पटक सन् २०१७ मा श्रीलंकाविरुद्धको एकदिवसीयमा बलिङ गरेका थिए । चोटपछि उनले बलिङ र फिल्डिङ गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक