मिडिया सोसाइटीको आक्षेपप्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्काशन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारका साथै नेपाल पत्रकार महासङ्घमाथि प्रहार गर्ने उद्देश्यले प्रेरित रहेको निष्कर्ष निकालेको छ ।
“कान्तिपुरमा कार्यरत ८२ जना पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्काशन र सरुवा गरिएको विषयलाई बिर्सिएर महासङ्घ विरुद्ध गरिएका अनेकौँ कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ । सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासङ्घ आवश्यक ठान्दैन, सोसाइटीमा आबद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानुन पालना नभएकाबारे महासङ्घमा गुनासो छ”, विज्ञप्तिमा भनिएको छ ।
श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ । साथै, केही दिनदेखि विभिन्न नाममा महासङ्घ विरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर सङ्कटमा परेको महासङ्घको निष्कर्ष छ ।
“नेपाल पत्रकार महासङ्घले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ, कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ, दसैँ बिदा पश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममूखी बनाइने छ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल