बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

वीरगञ्ज नाका हुँदै दैनिक २ हजारको हाराहारीमा नेपाली आउँदै

भन्सार कार्यालय राति १२ बजेसम्म खुला
बिहीबार, ०२ कात्तिक २०८०, २० : ४१
बिहीबार, ०२ कात्तिक २०८०

पर्सा । नजिकिँदै गरेको चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाउन भारतबाट वीरगञ्ज नाका हुँदै दैनिक २ हजार नेपाली आउने गरेका छन् ।

भारतको विभिन्न ठाउँमा अध्ययन तथा कामका लागि गएका नेपालीहरू चाडपर्व नजिकिएसँगै स्वदेश फर्कन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साले केही दिनदेखि नेपालबाट भारततर्फ जानेभन्दा पनि भारतबाट नेपाल आउनेको चाप बढेको जनाएको छ । सो कार्यालयका अनुसार वीरगञ्ज मुख्य भन्सार र अन्य छोटी भन्सारको बाटो हुँदै दैनिक २ हजार नेपाली आउने गरेका छन् ।

चाडपर्व मनाउन आउने नेपालीहरुले चेकजाँचको नाममा कुनै समस्या भोग्नु नपरोस् भनेर सतर्कता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ । ‘चाडपर्व मनाउन आउने नेपालीहरूलाई लुटपाट हुने, ठगी हुने काम नहोस् भन्ने उद्देश्यले हामीले दुवै देशका सुरक्षा निकायहरूका बिचमा अनौपचारिक हिसाबले वार्ता, छलफल, संवाद गरिरहेका छौँ,’ पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ।

चाडपर्वलाई लक्षित गरेर नाकामा हेल्प डेस्क स्थापना गर्नुका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूलाई पनि प्रभावकारी रूपमा परिचालन गरिएको उनको भनाइ छ ।

चाडपर्व मनाउन आउने नेपालीहरूलाई सहज होस् भन्नका लागि घटस्थापनादेखि राति १२ बजेसम्म भन्सार खुला गरिएको छ । वीरगञ्ज रक्सौल नाकाको मितेरी पुल छेउमा भने पछिल्लो समय भारतीय प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप