चिनी र दसैँमा घर जाने बाटो सहज गराउन राज्यव्यवस्था समिति सभापति खतिवडा सक्रिय

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडा दसैँमा यात्रु र उपभोक्तालाई सहज बनाउने काममा लागि परेका छन् ।
बुधबार र बिहीबार विभिन्न जिल्लाका प्रहरी प्रमुखलाई फोन गरेर बाटोको आवागमनबारे जानकारी लिँदै बाटो सहज बनाउन निर्देशन दिएका छन् ।
रातोपाटीसँग कुरा गर्दै सभापति खतिवडाले भने,‘जिल्लाका प्रहरी प्रमुख, यातायात मन्त्री, यातायात विभागका महानिर्देशक सबैलाई फोन गरेर दसैँको बेलामा जुनसुकै नम्बर प्लेटको सवारी सधान भएपनि मानिसलाई घर जाने व्यवस्था गर्न भनेको थिएँ, त्यो निर्देशन कार्यान्वयन पनि भएको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखहरुलाई के छ बाटोघाटोको अवस्था भनेर फोन गरिरहेको छु । काभ्रेको एसपीलाई फोन गरेँ, सिन्धुलीका एसपीलाई पनि फोन गरेर त्यहाँ बाटो रोकिएको छ कि छैन भनेर जानकारी लिएँ । यात्रुलाई सहज गर्न आग्रह गरेको छु ।’
यस्तै बजारका चिनीको अभाव भएकोले सहज रुपमा चिनी उपलब्ध गराउन पनि पहल गरिरहेको उनले बताए ।
उनले भने,‘चीनीको बारेमा बुधबार उद्योगमन्त्रीसँग छलफल गरेँ, हिजो चार ट्रक, आज १० ट्रक चिनी आएको छ । आजदेखि उपभोक्ताले सहज रुपमा पाउनेगरी वाणिज्य विभागमार्फत त्यो चिनी बजारमा गएको छ । आजसम्म काठमाडौँमा १४ ट्रक चिनी आइसक्यो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको नाताले मैले यस्ता पहलपनि गरिरहेको छु । कोही घर जान पैसा छैन भन्छन्, कोही अस्पतालमा बिरामी भएको भनिरहेका छन्, उनीहरुलाई सहयोग गर्ने कामपनि गरिरहेको छु । बुवा बिरामी हुनुभएकोले जिल्लाका कार्यक्रम छोडेर काठमाडौँ आएपनि आफूले सकेको समन्वय गर्ने कामहरुपनि गरिरहेको छु ।’
सांसद खतिवडाले ओखलढुङ्गा सदरमुकाममा रहेको जिल्ला कारागारको निरीक्षण गरेको बताउँदै २५ जना कैदी अट्ने ठाउँमा ८१ जनासम्म कैदी राखेको बताए । त्यहाँका कैदीबन्दीहरुलाई दशैं खल्लो नहोस् भनेर एउटा खसी उपलब्ध गराएको उनले बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता