स्पेनसहित विभिन्न देशसँग श्रम सम्झौता गरिने

काठमाडौँ । सरकारले स्पेनसहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
त्यसका लागि दुवै देशका अधिकारीहरूले छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।
रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेर फर्किएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अब श्रमिकको लागि यूरोपको ढोका खुलेको बताए ।
सरकारले हालै मात्रै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ति देशसँग गरिएको सम्झौतापछि मन्त्रालयले अन्य देशहरूसँग समेत सम्झौताको प्रक्रिया अगाडि बढाएको हो ।
‘हामीले अब स्पेन, पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशहरूसँग पनि समझदारी गरेर अगाडि बढ्न लागिरहेका छौँ । त्यसका लागि दुवै देशको तर्फबाट आवश्यक गृहकार्य अघि बढेको छ,’ मन्त्री भण्डारीले भने ।
पछिल्लो समय नेपालीहरूले खाडी तथा मलेसियासँगै यूरोपका विभिन्न देशहरूलाई श्रम गन्तव्य बनाउँदै गएका छन् । जसले गर्दा सरकारलाई ती देशहरूसँग सम्झौता गरेर अघि बढ्ने बाटो खुलेको हो ।
सरकारले जर्मनीसँग ट्रेनी कामदारको रूपमा लैजाने गरी सम्झौता गरेको थियो । त्यस्तै रोमानियासँग समेत श्रम सम्झौता गरेको थियो । यो सम्झौतासँगै रोमानिया जाने श्रमिकहरू ठगिनबाट बच्ने, १० औँ लाख रुपैयाँ तिरेर जानुपर्ने बाध्यता हट्ने विश्वास मन्त्रालयले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)
-
दश वर्षपछि उहि समयमा भूकम्पको झड्का
-
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य
-
बारपाकीले बिर्सन नसकेका भूकम्प
-
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान