पोखरामा दसैँ लक्षित बजार अनुगमन : ८ वटा मासु पसल चेक गर्दा ४ बदमासी

पोखरा । पोखरामा दसैँ केन्द्रित मासु पसल अनुगमन सुरु गरिएको छ । पोखरा महानगरपालिकाले बिहीबार ८ वटा मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ४ वटा पसलले बदमासी गरेको भेटिएको छ । उनीहरुलाई ५ देखि २० हजारसम्म जरिवाना गरिएको अनुगमन टोलीका सदस्य भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार एकै दिनको अनुगमनमा ६५ हजार जरिवाना गरिएको छ ।
ती पसलबाट १२ हजार ६ सय को मासु नष्ट गरिएको उनले बताए । पोखरा ७ मा रहेको सेभेन स्टार फुड एन मार्ट, पोखरा ६ को पोखरा मिटमार्ट र पोखरा १७ को फ्रेस हाउसलाई प्रति पसल २० हजारका दरले जरिवाना गरिएको छ । पोखरा १७ कै इम्रान फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको छ ।
पोखरा–१७ मा रहेको फ्रेस हाउसले मासु, फलफूल, तरकारी, दुग्धजन्य वस्तु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुज्रेका सामान बेचेको भेटिएको थियो । यता पोखरा मिट मार्टले लेवल नखुलेको बट्टाई र बंगुरको मासु प्याकिङ गरेको तथा अन्य सामग्री सँगै राखेर बेचेको भेटिएको थियो । नापतौलमा किलाकाँटा पनि दर्ता नगरेको, पसल सञ्चालनका लागि महानगरबाट अनुमति नलिएको, बहाल कर नतिरेको कारण चर्को जरिवाना गरिएको हो ।
सेभेन स्टार फुड एण्ड मार्टमा म्याद गुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नवीकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको लगायत समस्या भेटिएको थियो । इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुखुरा, बंगुरलगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री गरेको पाइएको थियो । पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस, शुभ दाङ भ्याली फ्रेस हाउस, न्यु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नवीकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको र सरसफाइमा ध्यान दिनुपर्नेमा सचेत गराइएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा खटिएको टोलीमा प्रदेश र पालिका तहका कर्मचारीहरु सहभागी थिए । टोलीले हालसम्म ४५ वटा विभिन्न पसलमा अनुगमन गरेर २० वटा लाई जरिवाना र सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात