फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखरा । प्रहरीले पोखराको फेवातालमा डुंगा चलाउने चालकहरुको मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्न थालेको छ । केही महिनाअघि लागुऔषध चेक गरेको प्रहरीले अहिले मापसे चेक गर्न थालेको हो ।
डुंगा चालकहरुले मादक पदार्थ सेवन गरेर डुंगा चलाउँदा दुर्घटना हुनसक्ने भन्दै सचेतनाका लागि चेकजाँच गरिएको कास्की प्रहरीले जनाएको छ ।
समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले जानकारी दिए ।
सोही समयमा डुंगामा यात्रा गर्ने यात्रु र चालकले लाइफ ज्याकेट लगाएको वा नलगाएको छड्के चेक पनि गरेको थियो । पछिल्लो समय लाइफ ज्याकेट लगाउने क्रम हट्दै गएको गुनासो आएको छ । मापसे चेकजाँचलाई निरन्तर रुपमा सञ्चालन गरिने प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया