राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दसैँको टिका लगाइदिने, यस्तो छ समय तालिका
बिहीबार, ०२ कात्तिक २०८०, १५ : ०९

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ । बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले टिका प्रसाद प्रदान गर्ने जनाइएको छ ।
टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाउन र राष्ट्रपतिका कार्यालयको १ नम्बर प्रवेशद्वार प्रयोग गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्डबाट युवाहरूले प्रतिष्ठानको नाम मेटाए
-
प्रेम सम्बन्धमा दरार आएपछि पुरुषको चरित्र हत्या, पक्राउ परिन् युवती
-
बोडेको जिब्रो छेड्ने परम्परा : आस्था, पीडा र पुनर्विचार
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)