मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना ९० मेगावाट पीपीए सम्पन्न
_f4Ukdu7xT3.png)
काठमाडौँ । ९० मेगावाट क्षमतामा मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए पावरका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरे ।
प्राधिकरण र कम्पनीबीच आयोजनाको विद्युतप्रति युनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद बिक्री सम्झौता भएको छ । यस आयोजनाको हिउँदमा १८४.६७ मेगावाट र ३७७.९३ मेगावाट उत्पादन हुन्छ । यस आयोजना आरकोड डेट २०८६ साल वैशाख २२ गते रहेको छ । सोही समयसम्म आयोजना विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए ।
आयोजनाको ईआईए अध्ययन भई अन्तिम चरणमा रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापनको लागि नेपाली बैक तथा वैदेशिक लगानीको लागि लगानीकर्ताहरुसँग आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । आयोजनाको निर्माण कार्य यस समूहको निमाणधिन सेती खोला जलविद्युत आयोजनाको निर्माण २२ मे वा आगामी वैशाखभित्र सम्पन्न गरिकेपछि अगाडि बढाउने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु