बिक्री घटेपछि १४ हजार कर्मचारीलाई बिदा गर्दै नोकिया कम्पनी

हेल्सिन्की । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले १४ हजार जनासम्म कर्मचारी कटौती गर्ने भएको छ । बिक्री २० प्रतिशतले घटेपछि खर्च घटाउने नयाँ प्रयासमा कर्मचारी कटौती गर्न लागेको हो ।
पाँचौं पुस्ताको फाइभ जी उपकरणको बिक्रीमा आएको कमीले कम्पनीको समग्र आम्दानी घटेको जनाइएको छ । गत वर्षको तेस्रो त्रैमासमा ६ अर्ब २४ करोड यूरो रहेको खूद बिक्री गत त्रैमासमा घटेर ४ अर्ब ९८ करोड यूरोमा झरेको छ ।
अमेरिकालगायत देशहरूमा फाइभ जी उपकरणको सुस्त मागको मारमा नोकिया मात्रै होइन यसबेला प्रतिस्पर्धी कम्पनी एरिक्सन पनि छ । यो रोजगारी कटौतीबाट कम्पनीले सन् २०२६ सम्ममा ८० करोडदेखि १ अर्ब २० करोड यूरो बचाउन खोजेको छ ।
अहिले विश्वभरमा नोकियाले ८६ हजार जनालाई रोजगारी दिइरहेको छ । कम्पनीले यो संख्या घटाएर ७२ हजारदेखि ७७ हजार जनासम्म ल्याउन सक्ने बताइएको छ । विक्री सुस्ताएर मुनाफा प्रभावित हुन थालेपछि यो वर्ष अधिकांश ठूला प्रविधि कम्पनीहरुले कर्मचारी कटौती गरेका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन