एनआरएनए निर्वाचन : को–को भए निर्विरोध, यी पदमा उम्मेदवारी नै परेन (सूचीसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अन्तरगत विभिन्न पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । यसैगरी केही पदमा उम्मेदवारी नै परेन । निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालका अनुसार अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ओसियाना क्षेत्रीय संयोजकमा दिनेश पोख्रेल निर्वाचित हुँदा अफ्रिका क्षेत्रीय उपसंयोजक पदमा कसैको पनि उम्मेदवारी परेन ।
यसैगरी अमेरिकाज् क्षेत्रीय उपसंयोजकमा गोविन्द सुवेदी, पूर्णचन्द्र बानियाँ र सञ्जीव कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । ढकालका अनुसार ओसियाना क्षेत्रीय उपसंयोजक पदमा पनि अर्जुन कुमार ठाकुर, गोकुल प्रसाद घिमिरे र कोमल राज पाठक निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बु, अमेरिकाज क्षेत्रीय महिला संयोजकमा इन्दिरा त्रिपाठी, मध्यपूर्व महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसियाना महिला क्षेत्रीय संयोजकमा रेनुका लामा निर्विरोध भएका छन् ।
यसैगरी अफ्रिका महिला उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन भने अमेरिकाज् क्षेत्रीय महिला उपसंयोजकमा बिन्दु निरौला निर्विरोध भइन् । तर, एसिया प्यासिफिक महिला उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन ।
यसैगरी युरोप महिला उपसंयोजकमा भवानी तिवारी निर्विरोध हुँदा मध्यपूर्व महिला उपसंयोजकमा सरिता भण्डारी पौडेल निर्विरोध भइन् । यस्तै ओसियाना महिला उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन भने अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको पनि उम्मेदवारी परेन ।
यसैगरी अमेरिकाज् युवा संयोजकमा स्वराज खाती निर्विरोध हुँदा एसिया प्यासिफिक युवा संयोजकमा विकास बस्नेत निर्विरोध भए ।
यसैगरी युरोप क्षेत्रीय युवा संयोजकमा प्रकाश भण्डारी, मिडल इस्ट युवा संयोजकमा निरञ्जन प्रसाद सिलवाल र ओसियाना क्षेत्रीय युवा संयोजकमा सूर्य आचार्य सर्वसम्मत भए ।
यसैगरी अफ्रिका क्षेत्रीय युवा उपसंयोजकमा कसैको उम्मेदवारी परेन भने विशाल राना अमेरिकाज् क्षेत्रीय युवा संयोजक बने । यसैगरी एसिया प्यासिफिक युवा उपसंयोजकमा नारायण खड्का निर्वाचित हुँदा युरोप क्षेत्रीय युवा उपसंयोजकमा कसैको उम्मेदवारी परेन ।
यस्तै मध्यपूर्व क्षेत्रीय युवा उपसंयोजकमा कृष्ण कुमार ठाकुर निर्विरोध भए भने ओसियाना क्षेत्रीय युवा उपसंयोजकमा उम्मेदवारी नै परेन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजक पदमा पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । अन्य पदमा भने निर्वाचन गरिएको छ । एनआरएनएमा कुल ७४ जना निर्वाचित हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल