सोमपालले लिए हङकङको तेस्रो विकेट
बिहीबार, ०२ कात्तिक २०८०, ११ : २१

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । हङ्कङको तेस्रो विकेट सोमपाल कामीले लिएका हुन् ।
उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । हङ्कङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको छ । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।