मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘पशुपति प्रसाद २ : भष्मे डन’लाई मल्टिप्लेक्समा उच्च शो, कस्तो होला ओपनिङ ?

बिहीबार, ०२ कात्तिक २०८०, १० : ३५
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौंँ । ‘पशुपति प्रसाद २ : भष्मे डन’ फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । ६ दिन दसैँको बिदालाई मध्यनजर गर्दै प्रदर्शनमा आउन लागेको फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै भन्ने हो भने फिल्मले बम्पर कमाई गर्ने देखिएको छ ।

फिल्मका लागि देशभरका मल्टिप्लेक्सहरुले बुकिङ खुलाइसकेका छन् । बुकिङमा टिकट सुरक्षित गर्नेहरूको सङ्ख्या ठुलो देखिएको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले उच्च शो दिएको छ । देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । यस वर्ष क्यूएफएक्स चेनमा ‘जारी’ (७१ शो) पछि उच्च शो पाउने दोस्रो फिल्म ‘भष्मे डन’ हो । 

क्यूएफएक्समा बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रमक रुपमा बिक्री भैरहेको छ । बुकिङको ट्रेन्ड हेर्दा शुक्रबारसम्म क्यूएफएक्सअन्तर्गत काठमाडौँका प्रायः हलमा फिल्मको टिकटको हाहाकार हुनसक्ने देखिन्छ ।

दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले आफ्नो तीन स्टेशनमा फिल्मलाई १५ शो दिएको छ । यहाँ पनि फिल्मको बुकिङ राम्रो देखिएको छ । यसैगरी, काठमाडौँका वान सिनेमाजले दुई स्टेशनमा कूल १३ शो, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज र बिग मुभिजले समान ६÷६ शो, एफक्यूबले ९ शो दिएको छ । कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएको छ ।

फिल्मले देशभरका मल्टिप्लेक्सहरुमा डेढ सयभन्दा बढी शो पाएको देखिन्छ ।सबै शो हाउसफुल भएको अवस्थामा फिल्मले २ करोडमाथि ओपनिङ गर्ने अनुमान गर्न सकिन्छ । सिंगल थियटरमा पनि फिल्मले रामे दर्शक पाउने अनुमान गरिएको छ ।

७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’को एक चरित्र ‘भष्मे डन’मा केन्द्रित फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको अभिनय छ ।

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्मको निर्माता तथा लेखक खगेन्द्र लामिछाने हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप