विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ । प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबचि सो कृतिको विमोचन गरिएको हो ।
कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाईसहित शुभकामना व्यक्त गरे । सङ्ख्यात्मक भन्दा गुणात्मक कृति लेख्न र यो कृति भन्दा अर्को उत्कृष्ट बनाउन पनि श्रेष्ठले सुझाव दिए ।
कृतिमाथि समीक्षा गर्दै लघुकथाकार दिव्य गिरीले कृतिमा समेटिएका लघुकथाहरू उत्कृष्ट रहेको बताए । कृतिमा समावेश लघुकथा वाचन गर्दै उनले याख्खाको विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यङ्ग्य पनि रहेको उनले सुनाए ।
कृतिकार याख्खालाई शुभकामना दिँदै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यस्ता पुस्तकले हामीलाई बाँच्ने प्रेरणा दिने बताए । उनले यो कृतिले नेपाली लघुकथा समाजमा एउटा इँटाको काम गरेको बताए ।
कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिँदै कृति प्रकाशन लेखकको परिचय व्यवस्थित गर्ने काम भएको बताए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा यो कार्यक्रम आयोजना गर्न सफल भएको बताइन् । सीमित साहित्यकार तथा लघुकथाकारहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई लघुकथा समाजका उपाध्यक्ष तुलसीहरी कोइरालाले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित