न्युजिल्याण्डको लगातार चौथो जीत

चेन्नई । भारतमा जारी आईसीसी विश्वकपमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको भारी अन्तरले हराएको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओमाजारीले २७ रनको योगदान दिए । इकराम अलिखिलले १९ रन बनाउँदा इब्राहिम जाडरानले १४ रन बनाए ।
आफगानिस्तानलाई सस्तोमा समेट्न मिचेल स्यान्टनर र लोकी फर्गुसनले ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरी र रचिन रवीन्द्रले १ विकेट लिए ।
यसअघि प्लेयर अफ द म्याच घोषित ग्लेन फिलिप्सको ७१ रनको मद्दतले न्युजिल्याण्डले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । फिलिप्सलाई कप्तान टम ल्याथमले ६८ रन बनाउँदै साथ दिए । ओपनर विल यङले ५४ रन बनाए भने मार्क च्यापम्यानले नटआउट रहँदै २५ रन बनाए ।
अफगानिस्तानका लागि नवीन उल हक र ओमाजारीले २–२ विकेट लिए । जीतसँगै चार खेलबाट ८ अङ्क बटुल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलमा एक मात्र खेल जितेको अफगानिस्तान नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार