भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन र पुस्तकालय हस्तान्तरण

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको बुधबार उद्घाटन गरिएको छ । भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले ती परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारका अनुसार नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको निर्माण गरिएको हो । दुवै परियोजना ५ करोड ५२ लाख नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्माण भएका हुन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारीलगायत स्थानीय समुदायको उपस्थितिमा एक कार्यक्रम राजदूत श्रीवास्तवले औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।