'द्वन्द्वपछि सुडानमा मानवीय सहायताको खाँचो दोब्बर बन्यो'

जेनेभा । सुडानी उच्च सैनिक जनरलहरूबीच भएको तनावपछि विगत छ महिनादेखि जारी द्वन्द्वमा भोकमरीमा परेका परिवारको सङ्ख्या झण्डै दोब्बर भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।
सुडानमा हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् वा भाग्न बाध्य भएका छन् भने बाँकी रहेकामध्ये आधाभन्दा बढीलाई मानवीय सहायताको खाँचो छ ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य तथा बालबालिकासम्बन्धी निकायले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “भोकमरीमा परेका परिवारको सङ्ख्या झण्डै दोब्बर भएको छ ।”
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले भनेको छ, “सात लाख बालबालिका गम्भीर कुपोषणबाट पीडित छन् र एक लाख बालबालिकालाई गम्भीर कुपोषणका लागि जीवनरक्षक उपचारको आवश्यकता छ ।”
सहायतासम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले द्वन्द्वका कारण स्वास्थ्य प्रणालीमा थप व्यवधान उत्पन्न हुँदा बालबालिका र जोखिममा रहेका जनसङ्ख्यामा रोकथाम गर्न सकिने मृत्युको सङ्ख्या ‘असह्य रूपमा उच्च’ हुनेछ ।
जोन्स हकिन्स युनिभर्सिटीको प्रक्षेपणलाई उद्धृत गर्दै उनीहरूले ’सन् २०२३ को अन्त्यसम्ममा खाद्य असुरक्षा र अत्यावश्यक सेवामा आएको अवरोधका कारण पाँच वर्षमुनिका कम्तीमा १० हजार बालबालिकाको मृत्यु हुन सक्ने’ चेतावनी दिएका छन् ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले अमेरिकी युनिभर्सिटीको लाइभ्स सेभ्ड टुल मोडलिङलाई आर्थिक सहयोग गरेको छ ।
अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेनाले आफ्ना पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’सँग लडिरहेको छ ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङुक परियोजनाको एक अनुमानअनुसार द्वन्द्वमा हालसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सुडानबाट १० लाखभन्दा बढी मानिस विदेशमा शरण लिन गएका छन् ।
थप ४५ लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू मानिन्छन्, जो आफ्नो घर छोडेर देशभित्रै विस्थापित अवस्थामा बसिरहेका छन् ।
यसको अर्थ सुडानमा अहिले ७१ लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन्, जुन विश्वकै सबैभन्दा ठूलो सङ्ख्या हो ।
उनले भने, “स्वास्थ्य संस्थाहरू कब्जा गरिएका छन्, लुटिएका छन् वा नष्ट भएका छन् । द्वन्द्वप्रभावित राज्यका करिब ७० प्रतिशत अस्पताल सञ्चालनमा छैनन् ।”
डब्लुएचओ र युनिसेफले हैजा, दादुरा, औलो र डेङ्गुको सङ्क्रमणफैलिएपछि आफूहरु चिन्तित रहेको बताएका छन् ।
सुडानका लागि युनिसेफका प्रतिनिधि मन्दीप ओ ब्रायनले भने, “स्वास्थ्यकर्मीले महिनौंदेखि तलब पाएका छैनन् । आपूर्ति कम हुँदै गएको छ । महत्त्वपूर्ण पूर्वाधारहरू अझै पनि आक्रमणको परिधिमा छन् । यो लडाइँ अब जसरी पनि रोकिनु आवश्यक छ ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री