अपर मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन प्रधानमन्त्रीसँग गाउँपालिकाको माग

पोखरा । अहिले नेपालमा सबैभन्दा महँगो ठाउँ हो अपर मुस्ताङ । नेपाल सरकारले यसलाई निषेधित क्षेत्रको रूपमा राखेको छ । जहाँ विदेशीलाई छिर्नै महँगो शुल्क तिर्नुपर्छ । यस्तो क्षेत्र मुस्ताङमा मात्रै होइन, मनाङ र गोरखामा पनि छन् ।
अपर मुस्ताङका लोमान्थाङ गाउँपालिका, बारागुङ मुक्ति क्षेत्र गाउँपालिका र ल्हो घेकर दामोदर कुण्ड गाउँपालिकाका सबै ठाउँलाई निषेधित क्षेत्र भनेर तोकिएको छ । जहाँ प्रवेश गर्दा विदेशी पर्यटकले १० दिनका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यसपछि पनि घुम्ने मन भएप्रति दिन ५० अमेरिकी डलर तिर्नुपर्छ ।
निषेधित क्षेत्र कायम गरेका कारण विदेशीहरु सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको भन्दै लोमन्थाङ गाउँपालिकाले आफ्नो क्षेत्रलाई निषेधित सूचीबाट हटाइदिन आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष टसी न्हुर्वु गुरुङले निषेधित क्षेत्रबाट हटाउने निवेदन बुझाए । गाउँपालिकाले यसअघि असोज २२ गते बसेको कार्यपालिका बैठकबाट पनि निषेधित क्षेत्रबाट हटाउन माग गर्ने निर्णय गरेको थियो ।
‘उपल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दा पर्यटक आगमनमा कमी भई यहाँको पर्यटन व्यवसाय प्रभावित भएको पर्यटन व्यवसायीको गुनासो छ । यहाँ छिर्न पर्यटन शुल्क समेत अत्यधिक बढी भएको हुनाले उक्त निषेधित क्षेत्रलाई सम्भव भएसम्म नियमानुसार हटाइदिनु हुन आग्रह गर्दछौँ,’ निवेदनमा भनिएको छ, ‘यसबाट सर्वसाधारणदेखि पर्यटन व्यवसायी समेत खुसी हुन्छन् ।’ पालिकाले पर्यटन व्यवसायीहरुको निर्णय र पालिकाको निर्णय समेत संलग्न गरेर पठाएको गुरुङले बताए । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह
-
हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन: प्रचण्ड
-
बलि दिन गएकाहरूको कार दुर्घटनाः चार जनाको मृत्यु, बोको बाँच्यो
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान