आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी
बुधबार, ०१ कात्तिक २०८०, १७ : १०
![आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबिच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी](https://npcdn.ratopati.com/media/news/mnemonic_xhbQS8AEU3.jpg)
काठमाडौँ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।
सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।
यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’