अमेरिकाको १२ सहरमा सांगीतिक यात्रा गर्दै अस्मिता र हर्कुलस

काठमाडौंँ । अमेरिकामा पहिलोपटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उनीहरुले कार्यक्रम गर्न लागेका हुन् ।
ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा कार्यक्रम तय भएको गायिका अस्मिताले बताइन् । अक्टोबर २१ बाट सुरु हुने कार्यक्रम नोभेम्बर २५ मा गएर सकिनेछ ।
लिभएट प्रिजेन्टको आयोजना रहेको कार्यक्रम फुजोन इन्टरनेशनल, कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्मस्को पनि सहकार्य छ । हर्कुलसका ‘के यो माया हो’, ‘माया संसार’, ’हिजोभन्दा आज’ लगायत गीतहरू चर्चित छन् । यसैगरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् ।
उनको पछिल्लो समय ‘परेली झिम झिम भो’, ’काले केटाले’ चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन