दुर्घटना बढेको भन्दै काभ्रेमा टिपर चलाउन रोक
काभ्रे । काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार चाडपर्वको समयमा सवारी साधनको बाक्लो आवतजावत हुने, ट्राफिक व्यवस्थापन गर्न जटिलता पैदा हुने भएकाले जिल्लाभित्र र जिल्लाभित्रको अरनिको राजमार्ग र वीपी राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउने निर्णय भएको हो । प्रजिअ शर्माको संयोजकत्व, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको उपस्थितिमा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायी समेतको उपस्थितिमा भएको छलफलमा उक्त निर्णय गरिएको हो ।
दुर्घटना बढ्दै गएको भन्दै बैठकले टिपर तथा सार्वजनिक यातायातका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरेकाअनुसार, असोज महिनामा भएका २५ सवारी दुर्घटना मध्ये ६ दुर्घटनामा टिपर संलग्न छन् । ७ जनाको ज्यान गएकोमा ३ जनाले टिपरको कारण ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
-
सरस्वती पूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
-
ट्रम्पको अतिरिक्त महसुलले अमेरिकी भान्सामा महँगिँदैछ तरकारीदेखि बियरसम्म
-
अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर