नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले आज यहाँ आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरे ।
उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको धारणा व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उनले संयुक्त राष्ट्रसङ्को बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराए ।
“संयुक्त राष्ट्रसङ्को बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो”, उपप्रधानमन्त्री खड्काले भने, “नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ ।” निःशस्त्रीकरण तथा विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा हाम्रा प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि शान्ति सेनाले निरन्तर खटेर योगदान गरिरहेको बताए ।
उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको बताए । “संयुक्त राष्ट्रसङ्घअन्तर्गत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी राष्ट्रसङ्घलाई धन्यवाद दिन चाहन्छौँ”, उनले भने ।
हाल नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा छ । उपप्रधानमन्त्री खड्काले राष्ट्रसङ्घको आह्वानमा शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्नुभयो । राष्ट्रसङ्घका महासचिवको लैंगिक समानता रणनीतिअनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गरी सक्षम महिलालाई शान्ति सेनामा पठाउन हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा