ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौँ । ‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरेका थिए । दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले सो कार्यक्रममा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यस्तै जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्वपूर्ण हुनेछ । कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने बताइएको छ । मन्त्री बस्नेतको साथमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री
-
मुसोलिनीबाट जोगिन पोप फ्रान्सिसका हजुरबा र हजुरआमा गएका थिए इटाली छोडेर अर्जेन्टिना
-
फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन