मंसिर ७ देखि २० औँ हस्तकला व्यापार मेला हुने

काठमाडौँ । २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता हुने भएको छ । बुधवार यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
मेला आगामी मंसिर ७ गतेदेखि ११ गतेसम्म काठमाडौँको होटेल अन्नपूर्णमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पु¥याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन र रङ्ग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बिच एक आपसमा सीप प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता राखिएको बताए ।
मेलामा हस्तकलाका वस्तुहरूको करिब १५० वटा स्टलहरू रहने बताए । मेलामा रहने स्टलहरू मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए । प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बङ्गलादेश आदि देशका व्यापारीहरूको सहभागिता रहने बताइएको छ । व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरू समेतको सहभागिता रहनेछन् ।
प्रदर्शनीमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पस्मिना छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रष्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)