चामल
भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध
बुधबार, ०१ कात्तिक २०८०, १४ : ४२
![भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध](https://npcdn.ratopati.com/media/news/rice-4_r19k5cl5LC.jpg)
काठमाडौं । भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।
यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यसबाहेक, क्यामरुनले १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ । त्यस्तै कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि निर्यात खुलेको छ ।
यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत
-
देशलाई आत्मनिर्भरताको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको छ : प्रचण्ड
-
ईसीडी एक वर्षको मात्रै बनाउन सुझाव
-
ओली सरकारको औचित्य सकियो : प्रभु साह
-
राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन
-
आईसीसीको कारबाहीमा परे पाकिस्तानका तीन प्रभावशाली क्रिकेटर