त्रिकोणात्मक टी—२० क्रिकेट
सोमपालले लिए यूएईको पहिलो विकेट
बुधबार, ०१ कात्तिक २०८०, १३ : १०

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट लिएको छ । नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए ।
सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ ।
निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र ठेकेदारको विवादले एसटीसी होलसेल मार्केटका व्यापारी मारमा
-
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
वनगाउँका एकसय घर तरकारी खेतीमा
-
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?