प्रभाव पार्न सक्ने खेलाडी : रचिन रवीन्द्र (न्युजिल्यान्ड)

काठमाडौँ । न्युजिल्यान्डका अलराउन्डर खेलाडी हुन्, रचिन रवीन्द्र । जारी विश्वकपको यसअघिका खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । २४औँ वर्ष प्रवेशको सँघारमा रहेका रचिनले जारी विश्वकपमा एक शतक र एक अर्धशतक प्रहार गरिसकेका छन् ।
रचिनले इङ्गल्यान्डविरुद्धको खेलमा अविजित एक सय २३ रन बनाएका थिए । त्यो खेलमा आक्रामक ब्याटिङ गरेका उनले ९६ बलमा पाँच छक्का र ११ चौका हिर्काएका थिए । इङ्गल्यान्डविरुद्धको खेलमा उनले एक विकेट पनि लिएका थिए ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले ५१ बलमा एक छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए । त्यो खेलमा पनि उनले एक विकेट हात पारेका थिए । बंगलादेशविरुद्धको खेलमा भने उनको ब्याटिङ चल्न सकेन । उनी नौ रन बनाउँदै आउट भएका थिए ।
बायाँहाते ब्याट्सम्यान रचिनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका छन् । उनले हालसम्म १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलको ११ पालीमा उनले ३७।२० को औसतकले कुल तीन सय ७२ रन बनाएका छन् ।
एकदिवसीय खेलमा उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय २३ रन हो । उनले तीनवटा क्याच पनि लिएका छन् । एकदिवसीय खेलमा उनले बलिङतर्फ १४ विकेट पनि लिएका छन् ।
बलिङमा उनको उत्कृष्ट प्रदर्शन ६० रन दिएर चार विकेट हो । उनले देशका लागि तीन टेस्ट पनि खेलेका छन् । टेस्टमा उनले कुल ७३ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन विकेट पनि हात पारेका छन् ।
टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले १८ खेल खेल्दै कुल एक सय ४५ रन बनाएका छन् । टी—२० क्रिकेटमा उनले ११ विकेट पनि लिएका छन् । बलिङतर्फ टी—२० मा उनको उत्कृष्ट प्रदर्शन २२ रन दिएर तीन विकेट हो ।
रचिनले सन् २०२३ को मार्च २५ मा श्रीलंकाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमा उनी केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका थिए । त्यो खेलमा न्युजिल्यान्ड एक सय ९८ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
-
जेठदेखि लघुवित्तको ब्याजदर बेसरेटको आधारमा आबद्ध, कस्तो हुन्छ असर ?
-
राजेन्द्र महतोको राजनीतिक प्रतिवेदन : ‘एमाले नवपुँजीवादमा फस्यो, कांग्रेस विपक्षी शक्ति’
-
पुटिनले अमेरिकालाई दिने भए रुस र युक्रेनी दुर्लभ खनिज
-
बास्किन रोबिन्स अब वसन्तपुरमा
-
नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा